चोपडाको इन्स्टाग्राममा ५० मिलियन फलोअर्स, एउटा पोस्ट वापत दुई करोड
प्रकाशित मिति
२०७६ फाल्गुन ९ गते, शुक्रबार ०९:१८
एजेन्सी । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाको सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका छन् । उनी भारतका विराट कोहलीपछि इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने स्टारमा पर्छिन् ।

चोपडाको बिहिबार इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका हुन् । र उनी एउटा पोस्ट गरेवापत लगभग २ करोड भारतीय रुपियाँ लिन्छिन् । जुन अमेरिकी डलर २,७१,००० हो ।
यो हप्ताको शुरुवातमा विराट कोहलीको इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका थिए । र यति फलोअर्स पुग्ने पहिलो भारतीय बनेका थिए । अहिले उनको ५०.२ मिलियन फलोअर्स छन् । विराट र प्रियंकापछि दीपिका पादुकोणको ४४.२ मिलियन फलोअर्स छन् ।

प्रियंका र विराट एकमात्र भारतीय हुन् जसले २०१९ मा इन्स्टाग्रामको रिच लिस्टमा आफ्नो स्थान बनाएका छन् । लिस्टबाट थाहा हुन्छ कि इन्स्टाग्राममा स्पोन्सर पोस्टबाट उनी २७१,००० अमेरिकी डलर कमाउँछिन् । यो सँगै उनी लिस्टमा १९ औं स्थानमा छिन् ।






प्रतिकृया