• २२ भदौ २०८३, सोमबार
  • ११ः४४ राती

गुडिरहेको ट्याक्टरबाट लडेर एक युवकको मृत्यु

प्रकाशित मिति

२०७६ फाल्गुन ३ गते, शनिबार १२:११

झापा, झापामा गुडिरहेको ट्याक्टरबाट लडेर युवकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा बाह्रदशी गाउँपालिका–२, गच्छीमारीका २० वर्षीय सुनिल मुर्मु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

National Life

बाह्रदशी गाउँपालिकास्थित गच्छीमारीको भित्री सडकखण्डमा गुडिरहेको मे१त ६८२३ नम्बरको ट्याक्टरमा सवार मुर्मु लडेर गम्भीर घाइते भएका थिए। घाइतेलाई उपचारका लागि तत्काल भद्रपुरस्थित मेची अस्पताल लैजाने क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

ट्याक्टर र ट्याक्टर चालक इलाका प्रहरी कार्यालयले नियन्त्रण लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया