सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्र लोकतन्त्र ठान्दिनँः प्रधानमन्त्री
प्रकाशित मिति
२०७६ फाल्गुन ३ गते, शनिबार ११:५७
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्रै लोकतन्त्र भएको बताएका छन् । सरकारले २ वर्ष पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले पार्टी खोल्ने, झण्डा बोक्ने र सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्रै आफूले लोकतन्त्र नठान्ने उल्लेख गर्दै भन्नुभयो, ‘पार्टी खोल्ने, झण्डा बोक्ने र सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्रै म लोकतन्त्र ठान्दिनँ । म त्यस्तो लोकतन्त्रलाई मान्छु जहाँ हरेक नागरिकको शिक्षा र स्वास्थ्यको सुनिश्चितता होस्, बालपनको संरक्षण, युवाअवस्थामा रोजगारी र वृद्धाअवस्थामा सुरक्षा भएको समाज व्यवस्था होस् । सबै नागरिकलाई समानतासहितको लोकतन्त्र होस् ।’
आफू नेतृत्वको सरकारले विभिन्न ५५ वटा नयाँ कानुनहरु निर्माण गरेको, २०१ वटा ऐन संशोधन तथा १३ वटा ऐन खारेज गरेको उल्लेख गर्दै ओलीले सरकार सुखी नेपाली समृद्ध नेपालको अभियानमा अग्रसर रहेको बताउनुभयो ।





प्रतिकृया