• २४ भदौ २०८३, बुधबार
  • १ः०९ राती

जो जति सुकै पहुँचवाला होस, मुख हेरेर भ्रष्टलाई छाड्दिन: प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७६ फाल्गुन ३ गते, शनिबार १२:३५

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचारीलाई कानूनी दायरामा ल्याइछाड्ने बताएका छन् ।

National Life

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न , जो जति सुकै पहुँचवाला वा मुख हेरेर भ्रष्टलाई छाड्दिन । सार्वजनिक जग्गा हडपेका विषयका दोषीलाई कारबाही गर्दा होस् वा राजश्व अपचलनको विषयमा होस् सरकारले काम गरिरहेको छ । राजश्व चुहावट २ वर्षका बिचमा ७ सय ९५ जनालाई २६ अर्बभन्दा बढि विगो दाबी मागेर अदालतमा मुद्धा दायर गरिएको छ ।’

२४ वर्षदेखि चर्चामा रहेको मोतिहारी अमलेखगञ्ज पाइपलाइन मेरो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसँग छलफल गरेपनि तोकिएको समयभन्दा अघि अर्थात् १७ महिनामै सम्पन्न भएकोमा उनले खुसी व्यक्त गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

सबै नेपालीको पहुँचमा टेलिफोन सेवा र फोरजी सेवा पनि पुगेको भन्दै प्रधानमन्त्री ओलीले यो पनि सरकारको कामको तथ्याङ्क नै रहेको बताए ।

प्रतिकृया