• २४ भदौ २०८३, बुधबार
  • १ः१७ राती

छ लाख नगदसहित १६ जना जुवाडे पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन ३ गते, शनिबार ०१:३९

काठमाडौँ, काठमाडौँको तारकेश्वर नगरपालिका–९ बाट ६ लाख २५ हजार रुपैयाँ नगदसहित १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट पुगेको प्रहरी टोलीले तारकेश्वर–९ को शुभकामना चोकमा रहेको केशव पाण्डेको घरमा जुवा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो

National Life

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १६ का ४२ वर्षीय शंकर डंगोल, राजु गुरुङ, धादिङ सल्यानटारका पदम अधिकारी, गल्छी गाउँपालिकाका दिनेश कुँवर, बूढानीलकण्ठ नगरपालिकाका ६० वर्षीय मोहन खड्का, शिवजी शिवाकोटी र सूर्यविनायक नगरपालिका–१० का ४६ वर्षीय देवेन्द्र केसी छन् ।

त्यसैगरी, मकवानपुर इन्द्रसरोवरका श्याम सुन्दर नगरकोटी, काठमाडौं नगरपालिका–३ का देवरत्न श्रेष्ठ, स्याङ्जा चापाकोटका विमल मगर, नागार्जुन–१ का रोशन ठकुरी, तारकेश्वर–६, काठमाडौंका रामशरण खत्री, नुवाकोट पञ्‍चकन्याका दिनेश पन्त, गोरखा धार्चेका बुद्धिबहादुर गुरुङ, आरुघाट–२ का अनुप गुरुङ र धादिङका इन्द्रराज बिडारी पनि जवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ गरेको उनीहरूबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया