• २५ भदौ २०८३, बिहीबार
  • ३ः३९ दिउँसो

मेस्सीको सहयोगमा बार्साको महत्वपूर्ण जीत

प्रकाशित मिति

२०७६ माघ २७ गते, सोमबार ०६:२८

स्पेनिस लिगमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ । आईतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोल अन्तरले हराएको हो । क्लिमेन्ट लेन्जलेटले ७२ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाएका हुन् ।

National Life

खेलमा दुई पटक पछि परेको स्थितीलाई उल्ट्याउँदै बार्सिलोनाले जित दर्ता गरेको हो । सर्जियो क्यानाल्सले छैटौ मिनेटमा पेनाल्टीमा घरेलु टोली बेटिसलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमै बार्सिलोनाका फ्रेन्की डी जोङले खेल बराबरीमा ल्याए ।

नबिल फेकिरको गोलसंगै घरेलु टोली पुन २६ औं मिनेटमा खेलमा अगाडी बढेको थियो । पहिलो हाफको ईन्जुरी समयमा बार्सिलोनाका सर्जियो बुस्केटले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । फेकिर ७६ औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेपछि बेटिस क्लब १० खेलाडीमा सिमित बनेको थियो । त्यसको तीन मिनेटपछि बार्साका लेन्जलेट समेत दोहोरो पहेलो कार्डका कारण मैदान छाडेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

तनावपूर्ण खेलमा मेस्सीकै सहयोगमा विजयी गोल गर्दै बार्सिलोनाले तीन अंक हात पारेको छ ।

प्रतिकृया