• २६ भदौ २०८३, शुक्रबार
  • ८ः१० राती

हाम्रा सांसदरुले सदन कब्जा गरेका छन्, हामी सडक र स्वबियु कब्जा गर्न तयार छौंः सभापति ढुंगाना

प्रकाशित मिति

२०७६ माघ २६ गते, आईतवार ०७:२१

काठमाडौंः नेपाल विद्यार्थी संघका सभापति राजिब ढुंगानाले स्वबियु निर्वाचन अनिश्चित जस्तै भएको बताउनु भएको छ।
सामाजीक संजाल ट्विटरमा सभापति ढुंगानाले ट्विट गर्नु भएको छ । उहाँले सरकारको शैलिले गर्दा विद्यँर्थीको हल हितको लागि क्यापसमा खडा हुने स्वबियु चुनाव अनिश्चित बनेको उल्लेख गरेका छन् ।

National Life

उहाँ भन्नुहुन्छ, हाम्रा सांसदरुले सदन कब्जा गरेका छन्, हामी सडक र स्वबियु कब्जा गर्न तयार छौं । यसो भन्दै उहाँले कोरोना भाइरसले आक्रांत बनेको चीनमा रहेका नेपाली विद्यार्थीको सकेसम्म चाँडो उद्दार नगरे सरकारले घनले ठोकिने समेत उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ, ‘सरकारको लालुपाते शैलीले गर्दा स्वबियु निर्वाचन अनिस्चित हुँदै । हाम्रा साम्सदले सदन कब्जा गरेका छन् हामी सडक र स्वबियु कब्जा गर्न तयार भएर बसेका छौ। कोरोना भाईसरका कारण चिनमा बन्दी जीवन बिताइरहेका नेपाली बिध्यार्थीको छिटो भन्दा छिटो उद्दार गरिएन भने घनले ठोकिने छ सरकारलाई । जय नेपाल।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया