• २४ भदौ २०८३, बुधबार
  • १२ः१५ राती

एक महिने स्वस्थानी वर्त आज समापन गरिँदै, समापन गर्ने विधि यस्तो

प्रकाशित मिति

२०७६ माघ २६ गते, आईतवार ०६:०८

काठमाडौँ । पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी वर्त समापन गरिँदै छ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको वर्त शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज वर्त समापन गर्न लागेका हुन् ।

National Life

विधिपूर्वक एक महिने वर्त गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फलफूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई वर्तको कामना पूर्णहोस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने वर्त विधि छ ।

त्यसैदिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

Classic Tech Mobile
Classic Tech Desktop

उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

उपत्यकाको पूर्वीभेगस्थित शाली नदीमा पुस शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण वर्त पनि आजै अश्वमेध यज्ञ गरी समापन गरिँदै छ ।

प्रतिकृया