• २४ भदौ २०८३, बुधबार
  • १२ः२० राती

चट्याङले तीन जनाको मृत्यु

प्रकाशित मिति

२०७६ माघ २५ गते, शनिबार ०९:४०

दाङमा चट्याङ लागेर दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानपालिका वडा नम्बर ७ नवलपुरमा दुई र घोराही उपमहानगरपालिका वडा ११ हापुरमा एक जनाको मृत्यु भएको हो ।

National Life

तुलसीपुरको नवलपुरमा गीता चौधरी र लक्ष्मी आचार्यको घरमा शनिबार दिउँसो १ बजेतिर चट्याङबाट दुई र हापुरमा सूर्यबहादुर पुरीको घरमा साढे १ बजे अर्का एक जनाको मृत्यु भएको हो । चट्याङले लागेर गम्भीर घाइते चौधरीकी ७ वर्षीया छोरी सृष्टि चौधरी र सोही ठाउँकै ५४ वर्षीया लक्ष्मी आचार्यको उपचारका क्रममा राप्ती लाइफ केयर अस्पताल तुलसीपुरमा मृत्यु भएको छ। चौधरी र आचार्यको घर नजिकै रहेको छ ।

घरको आँगनमा खेल्दै गरेका सूर्यबहादुरका आठ वर्षीय छोरा ताराबहादुर देव पुरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लैजाने क्रममा बाटोमै मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए । चट्याङले तुलसीपुर नवलपुस्थित चौधरीले पालेको एउटा बंगुर पनि मरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया