• २४ भदौ २०८३, बुधबार
  • १२ः०८ राती

प्रदेशको राजधानी हेटौंडा र नाम बागमती राख्न प्रचण्डको सुझाव

प्रकाशित मिति

२०७६ माघ २६ गते, आईतवार ०६:३२

नुवाकोट । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले संघीयताको विषयमा पुनर्विचार गर्न सकिने बताएका छन्। आफूले संघीय लोकतान्त्रिक गणतन्त्रको मार्ग्चित्र कोर्दै गर्दा सोचेजस्तो संघीयता अहिले नआएको भन्दै प्रचण्डले सम्झौता गर्दै जाँदा अर्कै संघीयता आएको उनले बताए।

National Life

शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले संघीयताबारे भोलिका दिनमा बहस गर्न सकिने जिकिर गरे। ‘संघीयता त संघीयता हो। तर, सम्झौता गर्दै जाँदा यस्तो भयो’ प्रचण्डले थपे, ’केही छैन संविधानले परिमार्जन र संशोधन गर्न सकिन्छ भनेको छ।

सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताबाहेक सबै कुरा संशोधन हुन सक्छ। हामीले भनेकै छौं। त्यसमा डिभेट हुन सक्छ।’ अहिले भएका संरचनामा देशभरि असन्तुष्टि रहेको उल्लेख गर्दै प्रचण्डले आउँदा दिनमा हेरफेर हुन सक्ने सम्भावना रहेको बताउँदै धैर्य गरेर बस्न आग्रहसमेत गरे। प्रचण्डले थपे, ’केन्द्रीय राजधानी सार्ने विषयमा त छलफल हुनसक्छ भने प्रदेश राजधानी सार्न किन सकिँदैन?’ अहिलेका लागि राष्ट्रिय राजनीतिमा स्थायित्व बनाइ राख्न र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको सहज वातावरण बनाउन आफूहरूले प्रदेशको राजधानी हेटौंडा र नाम बागमती राख्न सुझाएकाले स्थानीय जनप्रतिनिधिलाई दोष नदिन आग्रहसमेत गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया