गच्छदारलाई षड्यन्त्र पूर्वक फसाइयो, नेकपाका कार्यकर्ताहरु धेरै उफ्रिन आवश्यक छैन : प्रवक्ता शर्मा
प्रकाशित मिति
२०७६ माघ २६ गते, आईतवार ०६:४४
रामेछाप। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ललिता निवास जग्गा प्रकरणमा उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारलाई षड्यन्त्र पूर्वक फसाइएको अभिब्यक्ति दिएका छन् ।शनिबार शेर बहादुर तमाङ स्मृति प्रतिष्ठानले आयोजना गरेको शव वहान तथा एम्बुलेन्स हस्तान्तरण समारोहमा रामेछापको मन्थली पुगेका शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका जिम्मेवार मान्छेले पार्टीगत नभइ स्वविवेकले काम गर्नुपर्ने भन्दै गच्छदारको विषयमा यस्तो अभिब्यक्ति दिएका हुन् ।
उनले भने, ‘सिंहदरवार राजकाज दुई दिनको घाम छाँया भएकाले अहिलेका नेकपाका साथीहरुले धेरै उफ्रिन आवश्यक छैन । अहिले जित र हार जसको भयो त्यो सधैका लागि होइन।’ मुलुकमा बन्दुक बन्दुकको भिडन्त चलिरहेको भए मुलुक थप तहस नहस हुने थियो तर गिरीजा प्रसाद कोइरालाले नेतृत्व लिएर मुलुकमा शान्ति स्थापना गराएकै कारण मुलुक यो घडीमा आइपुगेको भन्दै प्रवक्त शर्माले कांग्रेसले सबैलाई साथ लिएर संविधान जारी नगरेको भए मुलुक यो अवस्थामा नआउने ठोकुवा गरे ।
संविधानकै कारण मुलुकको स्थायी सरकार पाएको छ भन्ने गाउँसम्म स्थानीय जनप्रतिनिधि पाएको उनले बताए।





प्रतिकृया