• २१ भदौ २०८३, आइतबार
  • १०ः४० बिहान

मोदीलाई इमरान खानको कडा चेतावनी, आइन्दा गल्ती गरे अन्तिम गल्ती ठहरिने

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार ०२:३६

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइन्दा कुनै गल्ती गरेमा त्यो उनको अन्तिम गल्ती ठहरिने चेतावनी दिएका छन्। ’मोदीजी! तपाईंले ११ दिनमा पाकिस्तानलाई हराउँछौं भन्नुभयो‚’ पाकिस्तानमा एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई लाग्छ, तपाईंले दुनियाँको इतिहास पढ्नुभएको छैन। तपाईंको डिग्री नक्कली हो कि कसो? कसैसँग इतिहास पढ्नुहोस्।’

National Life

इतिहासको प्रसंग सुनाउँदै खानले अगाडि भने, ’दुनियाँको सबैभन्दा शक्तिशाली मानिएको नेपोलियनको फौज र हिटलरको फौजले रुसमा आक्रमण गर्याे। उनीहरूले केही दिनमै रुस धवस्त हुन्छ भन्ठानेका थिए। जाडो सुरू नहुँदै रुसलाई गलाउँछौं भन्ने सोचेका थिए। तर उल्टै ती दुवै सैन्य शक्ति रुसको चिसो खप्न नसकेर बर्बाद भए। दुवैको घमण्ड तोडियो। तिनले पनि रुसलाई हराउने विषयलाई केही साताको खेल ठानेका थिए।’ इमरान त्यतिमै रोकिएनन्।

उनले भने, ’यहीँ छेवैको अफगानिस्तानलाई हेर्नुस्। संसारको सबैभन्दा शक्तिशाली फौज १९ वर्षदेखि यहीँ छ। यिनलाई पनि लागेको थियो, मात्र केही हप्ताको खेल हो।’ ’मोदीजी, हाम्रो धर्मले एकातिर मानव हत्यालाई मानवीयताको हत्या ठान्न भन्छ। अर्को्तिर, स्वतन्त्रताका लागि ज्यान दिनुपरे पनि देऊ भन्छ। भनिन्छ, स्वतन्त्रताका लागि ज्यान अर्पनेलाई अल्लाहले पैगम्परपछिको दोस्रो दर्जा दिन्छन्।’ उनले भने, ’यसको अर्थ यही हो मोदीजी, हाम्रोविरुद्ध कुनै कदम चाल्नुभयो भने त्यो तपाईंको अन्तिम गल्ती हुनेछ। पाकिस्तानमा २० करोड मानिस बस्छन्। यहाँका बच्चा–बच्चा लडाइँका लागि तयार छन्। ठूल्ठूला फौज असफल भएको आतंकवादविरुद्धको लडाइँ हाम्रो सेनाले जितेको छ। हाम्रो फौज माझिएको फौज हो। हामी मृत्युसँग डराउँदैनौं। साँचो कुरा त के हो भने मोदीजी, तपाईंलाई तपाईंकै देशका मान्छेले घृणा गर्न थालेका छन्। तपाईंलाई कुनै भ्रम नरहोस्।’

Classic Tech Desktop

मोदीले केही दिनअघि पाकिस्तानले भारतसँग विगतमा तीन युद्ध हारेको स्मरण गर्दै भविष्यमा त्यस्तो स्थिति आएमा भारतसामु १० दिन पनि नटिक्ने बताएका थिए। इमरानले त्यसैको जवाफ दिएका हुन्। काश्मीरको मुद्दा उठाउँदै उनले भने, ’भारतले काश्मीरमा हाम्रा ८० लाख मान्छेलाई कैदमा राखेको छ। सिंगो पाकिस्तान ती ८० लाख मानिसको साथमा छ। अँध्यारोपछि उज्यालो हुन्छ भनेझैं काश्मीरको सुनौलो दिन चाँडै आउनेवाला छ। मोदीले ६ महिनाअघि त्यहाँ जे गरे, त्यतिखेर तिनको बुद्धिमा बिर्को लागेको थियो। घमण्डी मान्छेले मात्रै त्यस्तो गर्न सक्छ। मोदीको घमण्डपूर्ण कदमले स्वतन्त्र काश्मीरका लागि बाटो झन् सजिलो हुन पुगेको छ।’ ’जुन दिन कश्मीरमा कर्फ्यु हट्नेछ, सडकमा मानवसमुन्द्र उर्लनेछ। सबैले एकस्वर भएर स्वतन्त्रताको नारा लगाउने छन्’, उनले भने।

प्रतिकृया