• २० भदौ २०८३, शनिबार
  • ५ः४६ बिहान

तौल कम गर्न देखि स्तनपानको लागि फाइदाजनक ज्वानो, यसरी प्रयोग गर्न सकिन्छ

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार ०२:४३

काठमाडौँ, ज्वानो एक प्रकारको औषधीयुक्त वनस्पति हो । जसलाई खानामा मसलाका साथै खानाको स्वाद बढाउन प्रयोग गरिन्छ। ज्वानोमा थुप्रै औषधीय गुणहरु पाइन्छ, जसले मानिसमा हुने स–साना शारीरिक समस्याहरुबाट जोगाउँदछ । ज्वानोकको प्रयोगले हुने फाइदाहरु

National Life

अनावश्यक तौलको नियन्त्रण : १ चम्चा ज्वानोलाई राति १ गिलास पानीमा भिजाएर छोड्ने र विहान उठ्न साथ त्यस पानीलाई छानेर उचित मात्रामा मह मिसाएर खायो भने यसले शरीरको मेटाबोलिजमलाई सुधार गर्दै शरीरको फ्याट समेत घटाउँदछ। यसैगरि यस पानीले अनावश्यक लागेको पेट विस्तारै गट्ने गर्छ।

पाचन प्रणालीको सुधारः यदि कुनैपनि किसिमको पाचन गडबडी छ भने ज्वानोलाई फुक्कै चपाएर खाँदा वा पानीसँग मिलाएर पिउँदा कब्जियत लगायत एसिडीटी समेतलाई ठिक गर्छ।

Classic Tech Desktop

महिनावारीको अनियमिततामा सुधार : प्रायः महिलाहरुमा देखिने समस्या हो, महिनावारीको अनियमिततामा त्यसैले दैनिकरुपमा भिजाएर राखेको ज्वानो पानी पिउँदा यसले महिनावारिलाई समयमै गराई महिनावारीका क्रममा हुने पेट दुख्ने समस्या, ऐंठन हुने समस्या र पिठ्यूँ दुख्ने समस्याबाट राहत दिन्छ।

पिसाबको संक्रमणः दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले पिसाबको संक्रमणलाईसमेत ठिक गर्छ भने यसले शरीरमा रगतको प्रवाह राम्रोसँग हुनेगर्दछ।

स्तनपानको लागि फाइदाजनक : महिलाहरु गर्भवती भएका बेला पनि ज्वानोले रामवाणको काम गर्दछ। कोही सुत्केरी महिलाको स्तनबाट दुधको उत्पादन राम्रोसँग भएको छैन भने दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले गर्भवती महिलाहरुको दुध उत्पादनलाई बढाउने गर्दछ।

रुघा खोकीः ज्वानोको सेवनले चिसोजन्य समस्यालाई पनि निर्मुल पार्छ । ज्वानोको रसलाई बिरे नुनसंग मिलाई पिउँदा लाभदायक हुन्छ। त्यसपछि तातोपानी पिउँदा घाँटीका संक्रमणहरु पनि ठिक हुने गर्दछ।

सामान्य ज्वोरोः दैनिकरुपा भिजाएर राखेको ज्वानोपानीको रसले सामान्य रुघा खोकी तथा ज्वोरो निर्मुल हुनेगर्दछ। त्यसैगरी, ज्वानोलाई पिसेर बनाएको धुलोलाई कपडामा बेरेर सुङ्दा पिनास समेत ठिक हुने गर्दछ।

प्रतिकृया