एनसेलकोे आर्कषक भ्यालेन्टाइन अफर
प्रकाशित मिति
२०७६ माघ २४ गते, शुक्रबार ०१:५९
काठमाडौं। एनसेलले प्रणय दिवसका अवसरमा ’अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ’भ्यालेन्टाइन अफर’ ल्याएको छ।
उक्त अफरबाट एनसेलका प्रिपेड ग्राहकले भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन्।
यो अफर शुक्रबारदेखि लागू हुनेछ। यो अफर ३ महिनासम्म संचालनमा रहनेछ। यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफरअन्तर्गत ग्राहकले कर सहितमात्र १८ पैंसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन्। नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेलले प्रिपेड ग्राहकले यो अफरमा १०० (कर सहितमात्र १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहि कभ्वाइस प्याकको मजा लिन सक्नेछन् ।

यो अफरको साप्ताहिक प्याक सूचारु गरेपछि ७ दिनसम्म समयावधि रहनेछ । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स २ एस्ट्रिक्स ३ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सूचारु गर्न सक्छन् । यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धलाई अझै प्रगाढ बनाउने एनसेलको विश्वास छ।





प्रतिकृया