• २२ भदौ २०८३, सोमबार
  • १२ः५८ राती

उडिरहेको विमानमा बच्चा जन्मिएपछि…

प्रकाशित मिति

२०७६ माघ २२ गते, बुधबार ०१:०२

एजेन्सी, उडिरहेको विमानमा एक महिलाले बच्चा जन्माएकी छन् । दोहाबाट बैंककका लागि उडेको एक विमानमा मंगलबार थाई महिलाले बच्चा जन्माएकी हुन् । विमानमा रहेका समय उनलाई व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा बिहान करिब तीन बजे बच्चा जन्मिएको हो ।

National Life

विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई कलकत्तामा नै आकस्मिक अवतरण गरेका थिए । विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका अनुसार आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको जनाएको छ ।

प्रतिकृया