• २३ भदौ २०८३, मंगलबार
  • ११ः२८ बिहान

CTEVT द्धारा प्राविधिक शिक्षा तथा तालिमको जनसचेतना अभियान शुभारम्भ

प्रकाशित मिति

२०७६ माघ २२ गते, बुधबार ०१:२२

काठमाडौँ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) द्धारा तालिम तथा स्वरोजगारको अवसर प्रवद्र्धनका लागि जनसचेतना अभियान शुभारम्भ गरेको छ ।

National Life

CTEVT द्धारा रोजगारीको अवसरको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम दिने विषयमा परिषद्का सदस्य सचिव पुष्परमण वाग्ले मंगलबार भएको प्रत्रकार सम्मेलनमा जानकारी दिनुभयो । यही माघ २२ गते बालाजु स्थित स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट उक्त कार्यक्रम सञ्चालन गरिनेछ ।
यस अभियानको प्रविधिक र कार्यान्वयन आर्थिक सहयोग युरोपियन युनियनका दक्षता परियोजनाले र सक्षमता परियोजनाको सहकार्यमा व्रटिश काउन्सिलले गरेको जानकारी दिएका छन् ।

सचिव वाग्ले भन्नु भयो “आजको आवश्यकता उत्पानमुखी प्राविधिक शिक्षा हो ।” प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमले जनसचेतना अभियानको शुरुवात गर्ने विश्वास रहेकोछ । पसषद्को संस्थागत रणनीति अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको जनचेतना अभिवृद्धि विस्तार गर्ने अभियान सञ्चालन गर्ने भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त तालिम विद्यार्थी, प्रशिक्षार्थी, समुदाय, उद्योग तथा वाणिज्यको क्षेत्रलाई केन्द्रविन्दु बनाएर प्रचार गर्ने प्रेस विज्ञप्तीमा उल्लेख छ । उक्त कार्यक्रम सामुदायिक विद्यालय, रोजगारदाता र स्थानीय समुदायमा विभिन्न गतिविधि मार्फत गरिने छ । विद्यार्थीहरुलाई भविष्य मार्गदर्श नगराउने विभिन्न उद्योगमा अध्यन भ्रमणमा लग्ने, स्थानीय उद्योग वाणिज्य महासंघको सहकार्यमा रोजगार मेलाहरु सञ्चालन गर्ने, विविध सामुदायिक अभियान सुरु गर्ने, लक्षित समुहका युवा र उनीहरुको परिवारका सदस्यलाई प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमका लाभका बारेमा सुचना गराउने, प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमका र रोजगारका बीचमा सेतुका रुपमा सरकारी तथा नीजी क्षेत्रका रोजगारदाता, नीति निर्मातालगायत सबै सरोकारवालाहरुले साझा मञ्चको सिर्जना गर्ने जस्ता गतिविधि सञ्चालन गरिने वाग्ले बताएका छन् ।

युरोपियन युनियनका राजदुत भेरोनिका कोडीका अनुसार उक्त कार्यक्रमले विद्यालयका विद्यार्थी, समुदाय र रोजगारदाताहरुलाई जनचेतना जगाएर एकै स्थानमा प्राविधिक शिक्षा तथा तालिमको सिर्जना गराउने छ । रोजगारीका अवसरको प्रबद्धनका लागि “सीप हुन्छ हातमा रोजगारी साथमा” भन्ने नाराका साथ अगाडी बढेको छ ।

त्यसैगरी “जनसचेतना कार्यक्रम प्राविधिक रोजगारदाताहरुको सहकार्य गर्ने साझा मञ्च हो” भनेर रोजगारदाता काउन्सिलका उपाध्यक्ष भरत आचार्यले बताउनु भयो ।  राष्ट्रिय शुभारम्भ समारोहपछि जनकपुरमा माघ २६ गते, पोखरामा माघ २९ गते र टिकापुरमा फागुन ४ गते स्थानियमा पनि सञ्चालन गर्ने निर्देशक मणिराज भट्टराईले बताउनु भयो ।

प्रतिकृया