• ११ असोज २०८३, आइतबार
  • १ः०२ दिउँसो

दिमागबाट चलाउन सकिने र आवाजबाट निर्देशित हुने कार

प्रकाशित मिति

२०७६ माघ १९ गते, आईतवार ०३:५५

एजेन्सी । सफ्टवेयर र सेन्सरले भरिएका, मोबाइल फोनसँग जोड्न सकिने र बढ्दो सङ्ख्याका अन्तक्र्रियात्मक स्क्रिनका साथ आउने वाहन सम्भवतः बजारमा पाइने सबैभन्दा जटिल उपभोग्य प्रविधि हो ।यो कुरा लस भेगसमा वार्षिक रूपमा सम्पन्न हुने कन्जुमर इलेक्ट्रोनिक सो (सीएएस) मा प्रदर्शनमा राखिएका सामग्रीले पनि देखायो । सोमा प्रमुख वाहन निर्माताले भविष्यमा बजारमा ल्याउन सकिने कैयौँ कारका परिकल्पना (कन्सेप्ट) सार्वजनिक गरे । त्यस्तै तिनले कारको भित्री भागका धेरै नयाँ प्रविध भित्र्याएका छन् । अझ सोनीजस्ता केही कार नबनाउने कम्पनीले समेत कन्सेप्ट कार सार्वजनिक गरेका छन् ।

National Life

अवतारबाट प्रेरित मर्सि्डिज बेन्जको कार सीईएस सोमा सबैभन्दा बढी चर्चा मर्सि्डिज बेन्जको भिजन एभीटीआर थियो । अत्याधुनिक कारको यो खाकामा सैद्धान्तिक रूपमा कार र मानिस एकाकार हुन सक्छन् । यो भविष्य पनि धेरै पछिको कल्पना जस्तो देखिन्थ्यो । मर्सि्डिज–बेन्ज भिजन एभीटीआर कारका केही कामहरु चालकले दिमागले सोचर सञ्चालन गर्न सक्छन् । भिजन एभीटीआर परम्परागत स्टेरिङ हुँदैन, त्यसको साटो कारमा एक चलायमान उठेको भाग हुनेछ जसले चालक र कारलाई एकाकार हुन सहयोग गर्छ । त्यस नियन्त्रण भागले अन्य कैयौँ विशेषता पूरा निभाउँछ । यो कारले आफ्ना चालकलाई उसको हृदयगति वा सासमार्फत पहिचान गर्छ । कार चलेपछि सम्पूर्ण विशेषताहरु रहेको एक भर्चुअल स्क्रिन चालकको हातमै देखिन्छ । त्यसपछि उसले सोचेर भावि कदम उठाउन सक्छ ।

भिजन एभीटीआर गँगटो जसरी पनि हिँड्न सक्छ । त्यस क्रममा कारका चारवटै चक्का ३० डिग्री घुम्छन् । मर्सि्डिज बेन्ज भिजन एभीटीआर हाल निर्माणाधीन अवतार–२ फिल्मका निर्मातासँगको सहकार्यमा निर्माण गरिएको हो । कारको भित्र बाहिर बल्ने बत्ती पहिलो अवतार फिल्ममा देखिएको प्यान्डोरा ग्रहको रङसँग मिल्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया