• ७ असोज २०८३, बुधबार
  • ९ः३५ राती

थ्रीस्टारको शानदार जित, सञ्जोक राईले गरे लिगकै पहिलो ह्याट्रिक

प्रकाशित मिति

२०७६ माघ १८ गते, शनिबार ०२:४०

जारी शहीद स्मारक ए डिभिजन लिगमा सञ्जोक राईले ह्याट्रिक गरेका छन् । लिगमा पहिलो ह्याट्रिक गर्ने समेत सञ्जोक राई नै बनेका छन् । सञ्जोक राईले ५७औं, ६०औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । थ्रीस्टारका लागि पहिलो गोल भने ४८औं मिनेटमा लालरामावियाले गरे । उनले वान भर्सेस वानमा गोल गरेका थिए ।

National Life

राईको ह्याट्रिकसँगै थ्रीस्टारले सरस्वति क्लब विरुद्ध शानदार जित निकालेको छ । पहिलो हाफ गोल रहित बराबरी खेलेको थ्रीस्टारले दोस्रो हाफमा चार गोल गरेको छ । जितसँगै, थ्रीस्टार १० खेलबाट १७ अंक जोड्दै चौथों स्थानमा उक्लिएको छ ।

प्रतिकृया