• १४:३२ २०८१ बैशाख ७ गते
  • 2:32 pm

फेसबुक, युट्युब र ट्वीटरमा विज्ञापन गरे ३ वर्ष जेल र २ लाख जरिवाना (सुचना सहित)

प्रकाशित मिति

२०७६ माघ १८ गते, शनिबार ११:०५

0 7766 social media icons facebook twitter youtube icons png

काठमाडौं । अब फेसबुक, युट्युब  र ट्वीटर लगायतका समाजिक सञ्जालहरुमा विज्ञापन गरेमा २ लाख जरिवाना र ३ वर्षसम्म जेल सजाय हुने भएको छ । नेपाल राष्ट्र बैंकले फेसबुक,  युट्युब र ट्वीटर लगायतका सामाजिक सञ्जालमा गरिने विज्ञापन र त्यस वापत बुझाइने वा प्राप्त हुने आम्दानीलाई गैर कानुनी ठहर गरेको हो । ‘यस्तो कारोबारबाट विदेशी बिनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी बिनिमय(नियमित) गर्ने ऐन, २०१९ र प्रचलित कानून बमोजिम कारवाही गरिने छ’–राष्ट्र बैंकका विदेशी बिनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

NRB Notice Today

सामाजिक सञ्जालबाट बुस्टका नाममा मुद्रा विदेशी लिइ रहेको कुरालाई मध्यनजर गर्दै अब बैंकिङ प्रणालीमा ल्याउनका लागि राष्ट्र बैंकले यो निर्देशन जारी गरेको जनाएको छ । बैंक तथा वित्तीय संस्था र अन्य निकायले आँफैले बाहिरबाट वा नेपालमै रहेका विज्ञापन एजेन्सीमार्फत सामाजिक सञ्जालमा महँगो शुल्क तिरेर विज्ञापन गर्दै आएको र विज्ञापन एजेन्सीहरुले मूल्य अभिबृद्धि करसमेत जोडेर पैसा लिने र आफूले भने बाहिरबाट नेपाल आउने पैसा उतै रोकेर विज्ञापन गरिदिँदै आएपछि राष्ट्र बैंकको ध्यानाकर्षण भएको हो । ‘राष्ट्र बैंकको निर्देशन बिपरित कार्य गरे विदेशी बिनिमय जफत गरी बिगो बमोजिम तीन गुणासम्म जरिवाना गरिने छ । त्यसैगरी बिगो कायम गर्दा रकम खुल्न नसक्ने अवस्था आई परे कसुरको मात्रा हेरी २ लाखसम्म जरिवाना हुनेछ’– विदेशी बिनिमय(नियमित) गर्ने ऐन, २०१९ मा उल्लेख छ ।

facebook

प्रतिकृया