• 11:46 am

वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारसँग अनुरोधः सभापति देउवा

प्रकाशित मिति

February 1, 2020

काठमाण्डौ । कोरोना भाइरस संक्रमण देखिएको चीनको वुहानबाट प्रतिपक्षी नेपाली कांग्रेसले नेपालीलाई उद्धार गर्न सरकारसँग अनुरोध गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले वुहानमा रहेका करिब एक सय जना विद्यार्थी र त्यहाँ रहेका नेपालीलाई चाँडो उद्धार गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

‘विश्व स्वास्थ्य संगठनद्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले सुरू गरेको सम्पूर्ण सतर्कतासँगै नेपालले राख्नुपर्ने सतर्कता र युद्धस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे सजक गराउँदै सभापति देउवाले सार्वजनिक अपिल गरेर विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। सरकारले वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन गम्भीरता नदेखाएको देउवाको आरोप छ। उहाँले भन्नुभयो ‘वुहानमा रहेका एक सय नेपाली विद्यार्थी सहित बाँकि नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै किसिमको गम्भीरता नदेखाउनु भनेको भनेको राष्ट्रियकोलागि दुःखद कुरा हो’ ।

उहाँले वुहानबाट छिटो नेपालीलाई उद्धार गर्ने प्रवन्ध मिलाउन सरकारलाई अनुरोध गर्नुभएको छ । उद्धार गरेर नेपाल ल्याएपछि स्वास्थ्य जाँच प्रतिवेदन नआउञ्जेल उनीहरूलाई अलग्गै राख्न पनि देउवाको आग्रह छ। नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय नाकामा विशेष हेल्प डेस्क प्रभावकारी ढंगले सञ्चालन गर्न देउवाले सरकारसँग माग गर्नुभएको छ ।

‘वुहानबाट उद्धार गर्ने नेपालीलाई स्वास्थ्य परीक्षण रिपोर्ट नआउँदासम्म अलग्लै राख्ने शिविरको प्रवन्ध गर्न सरकारसँग अनुरोध गर्दछु,’ देउवाले भन्नुभयो, ‘संक्रमण परीक्षण गर्न अलगै केन्द्र स्थापना गर्नुपर्छ। उहाँले थप गर्दै भन्नुभर्यो कोरोना संक्रमणलाई गम्भीरताका साथ लिन पनि सरकारलाई सचेत गराउन चाहन्छु।’े

प्रतिकृया