• 11:00 am

वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको चौथो खेल आज

प्रकाशित मिति

May 2, 2024

वैशाख २०, २०८१ काठमाडौँ: वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल आज हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले र हिजो भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आजको खेलमा पराजित भए नेपालले एक खेल बाँकी छँदै सिरिज गुमाउनेछ ।

यी दुई टिमबीचको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।

प्रतिकृया