• ४ साउन २०८३, सोमबार
  • ७:१८ बेलुका

ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर

प्रकाशित मिति

२०८० चैत्र १४ गते, बुधबार ०१:५८

चैत्र १४, २०८० काठमाडौँ: नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले ढोलाहिटी होली घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै कुँवरले यस्तो जानकारी दिएका हुन् । फागूपुर्णिमाको राति भएको घटनामा युवाहरुको समूहबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको छ । साथै, चार जना पक्राउ परिसकेका छन् ।

Kamana Sewa

पहिलेकै विवाद कारण घटना भएको महानिरीक्षक कुँवरले बताए । ‘ढोलाहिटी घटना पहिल्यैदेखि विवादको कारण भएको पाइयो, घटनामा एक जना फरार छ भने चार जनालाई सार्वजनिक गरिसकेका छौं । अरु अनुसन्धान जारी छ।’ उनले भने ।

Classic Tech Desktop

प्रतिकृया