• 3:17 pm

राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा भाग नलिने

प्रकाशित मिति

२०८० फाल्गुन २९ गते, मंगलवार १२:५६

फागुन २९, २०८० काठमाडौँ: राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको मतदानमा भाग नलिने भएको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनैपनि दलको अध्यक्ष पदका उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

बैठकका अध्यक्ष पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ ।

प्रतिकृया