• 12:42 pm

जनकपुरधाम उपमहानगरपालिकामा अनुभवी प्रमुख प्रशासकीय अधिकृतको परिपक्क निर्णय

प्रकाशित मिति

२०८१ जेष्ठ ४ गते, शुक्रबार १०:४१

जेठ ४, २०८१ काठमाडौँ: विकास निर्माणमा हुने अनियमितता र बेरुजु रोक्न जनकपुरधाम उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले उपभोक्ता समितिलाई पेश्कि निरुत्साहित गर्ने नीति लिनु भएको छ । पेश्की दिँदा कतिपय योजनाका उपभोक्ता समितिले पेश्की बजेट मात्र लैजाने तर काम नगर्ने प्रवृत्ति बढ्न सक्ने संभावनालाई रोक्नका ला िबेरुजु न्यूनिकरण गर्न उहाँले पेश्की निरुत्साहि गर्ने नीति लिनु भएको हो ।

स्थानीय तहका अनुभवी र अब्बल प्रमुख प्रशासकीय अधिकृतको रुपमा चिनिदैँ आउनुभएका प्रमुख प्रशासकीय अधिकृत पन्थीको पेश्की निरुत्साहि गर्ने नीतिले अन्य पालिकका लागि पनि पाठ हुनेछ । उपभोक्ता समिति मार्फत हुने विकास निर्माणको कार्यमा पेश्की दिइने प्रक्रियालाई रोकिएको उहाँले स्पष्ट पार्नुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि स्थानीय तहमा पेश्की निरुत्साहित गर्ने नीति लिनु सकारात्मक पक्ष भएको जनाएको छ । उहाँका अनुसार उपभोक्ता समितिले १० प्रतिशत रकम जम्मा गर्ने र ३३ प्रतिशत रकम पेश्की लिने रहेको परम्परालाई तोडेर आगामी दिनदेखि पेश्की दिने व्यवस्था खारेज गरिएको छ । अब रनिङ्ग बिलमा ७० प्रतिशत भुक्तानी दिने र काम सम्पन्न भएपछि निरिक्षण पश्चात मात्रै पूर्ण भुक्तानी गरिने प्रक्रिया अघि बढाइएको छ ।

अधिकृत पन्थीले अबदेखि सडक कालेपत्रे, कल्भर्ट, वडा कार्यालयको भवन निर्माण र स्वास्थ्य कार्यालय बनाउने लगायतको निर्माण कार्य उपभोक्ता समिति मार्फत नभई टेण्डरबाट ठेक्का प्रक्रियाको माध्यमबाट गराउने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ ठूला बजेटका यी निर्माण कार्य उपभोक्ता समिति मार्फत बनाउंदा बढी अनियमितता हुने, कमसल काम हुने लगायतका समस्या आउने गरेको कारणले आफूले त्यसमा कडाई गरेको छु ।, साथै विगतका वर्षमा देखिएका बेरुजु अवस्था नियन्त्रण गर्न थप आर्थिक रणनीति तयार पारिनेछ ।”

पन्थीले कामको गुणस्तरीयता कायम गर्न र बेरुजु रोक्नका लागि आफूले यस्तो निर्णय गरिएको हो, आफू पैसा कमाउन नभइ जनकपुरधाम उपमहानगरपालिकाको समग्र कामलाई सुधार्न आएको स्पष्ट पार्नुभयो । उहाँले कर्मचारीलाई डे«समा समयमै कार्यालयमा उपस्थित हुनुपर्ने, सेवाग्राहीलाई कुनै समस्या भए आफूसँग बिना कुनै हिचकिचाहट समस्या राख्न पनि सेवाग्राहीलाई आग्रह गर्नुभएको छ ।

पन्थीलाई मन्त्रालयले करिब एक महिना अघि जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाजका लागि खटाएका थियो ।

प्रतिकृया