• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

टिपरले किचेर एक जनाको मृत्यु भए पछि गोरखाको छेपेटारमा तनाव

प्रकाशित मिति

२०७६ माघ १७ गते, शुक्रबार ०१:५१

गोरखा, गोरखा नगरपालिका वडा नम्बर १० अमलापानीमा टिपरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय मनमाया तामाङ रहेकी छन् । उनी शुक्रबार बिहान दूध बेच्न छेपेटार बजार जाने क्रममा उनलाई ग१ख ८०२७ नम्बरको टिपरले किचेको प्रहरी जनाएको छ ।

टिपरले किचेको स्थानीय आक्रोशित बनेका छन् । आक्रोशित बासिन्दाले २० भन्दा बढी टिपर र छ वटा एक्साभेटरका सिसा फुटाइदिएका छन्। घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। स्थानीय बासिन्दाले क्रसर उद्योग बन्द नगरेसम्म शव नउठाउने अडान राखेका छन्।टिपर चालक नियन्त्रणमा लिएको र भीड नियन्त्रणको प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया