• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

नियमित यौन सम्बन्धका १० प्रमुख फाइदाहरु

प्रकाशित मिति

२०७६ माघ १६ गते, बिहीबार ०३:३७

एजेन्सी । शारीरिक सम्बन्ध अर्थात यौन सम्बन्ध जीवन सम्बन्धका लागि एउटा जोडीका लागि अनिवार्य क्रिया हो । यौनक्रियाको समयको उच्चतम नाम चरमोत्कर्ष (Orgasms)हो ।चरमोत्कर्षले क्षणिक आनन्द प्राप्तिमात्र हुँदैन, स्वास्थ्यका लागि धेरै कुरामा फाइदा हुन्छ । हामीलाई धेरै प्रकारका पीडाबाट मुक्ति दिन पनि चरमोत्कर्षले सहयोग गर्छ ।

प्रमुख १० फाइदा

Kamana Sewa

१. शारीरिक सम्बन्धले निद्रा लगाउन औषधिको जस्तै काम गर्छ । निद्रा नलागेर हैरान परेको अवस्थामा यौन सम्बन्ध कायम भएमा यसले निन्द्राको काम गर्छ । महिलाहरुमा गरिएको सर्वेक्षणमा ३० प्रतिशतले आफुलाई यौनक्रियाले निद्रा लाग्ने गरेको बताए ।
२. मुटुरोगका लागि ब्यायामको काम पनि यौनक्रियाले गर्छ । चरमोत्कर्षको समयमा मुटुको चाल छिटो हुन्छ र यसले कार्डियाक व्यायामकै रुपमा काम गर्छ ।
३. मानिसको रक्तप्रवाहमा पनि यौनक्रिया सहयोगी हुन्छ । प्रजनन् अंगमा रक्तसञ्चार हुँदा अन्य क्षेत्र र कोषहरुमा अक्सिजन पुग्छ । यसले स्वस्थ रहँन मद्दत गर्छ ।
४. तनाव र पीडाबाट पनि यौनक्रियाले मुक्ति दिन सहयोग गर्छ । मस्तिष्कबाट इलेक्ट्रिकल संकेतहरु स्नायुप्रणालीमा पुग्ने र यसले तनाव तथा पीडाबाट मुक्ति दिन सहयोगी भूमिका खेल्छ ।
५. मस्तिष्क स्वस्थ राख्नका लागि नियमित यौन सम्बन्धले काम गर्छ । चरमोत्कर्षको समयमा बढ्ने रक्तप्रवाहले मस्तिष्कमा अक्सिजन आवश्यताअनुसार पुग्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्न सहयोग गर्छ ।
६. आफ्नो पार्टनरसँगको सम्बन्धलाई यौनक्रियाले बलियो बनाउँछ । डोपामिन र अक्सिटोक्सिनले साहसिक र भावनात्मकरुपमा दुवैजनालाई बलियोसँग समर्पण गराउँछ ।
७. उदासी पनलाई पनि यौनक्रियाले नियन्त्रण गर्न सजिलो गराउँछ । यसले हर्मोनलाई ब्यालेन्समा ल्याएर खुसी पैदा गर्ने केन्द्रलाई सक्रिय पार्छ । त्यसैले उदासी पनको अन्त्य र खुसी भित्र्याउन सहयोग गर्छ । ८. प्राकृतिकरुपमा पीडानासकको औषधिको रुपमा पनि यौनक्रियाले काम गर्छ । माइग्रेन, महिनावरीको समयमा हुने पीडालगायतका पीडालाई कम गर्ने काम यौनक्रियाले गर्छ ।
९.अनुहारमा चमक ल्याउनमा पनि यौनक्रिया औषधि जस्तै बनेको छ । नियमित यौनक्रियामा सक्रिय युवा युवतीको अनुहारमा चमक आउने विभिन्न अध्ययनको निष्कर्ष छ । क्यान्सरको खतरा कम गर्नेदेखि आत्मीयता बढाउने काम पनि नियमित यौनक्रियाले गर्छ ।
१०. तनावबाट मुक्तिका लागि पनि यौनक्रियाले काम गर्छ । यौनक्रियाको समयमा उत्पादन हुने हर्मोनले तनावबाट मुक्ति दिन सहयोग पुर्याउँछ ।

Classic Tech Desktop

प्रतिकृया