सांग्रिला बैंकद्धारा एकको दुई मुद्दती निक्षेप योजना (प्रेस विज्ञप्ति सहित)
प्रकाशित मिति
२०७६ माघ १५ गते, बुधबार ०७:१८
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्धारा प्रेस विज्ञप्ति जारी गरिएको छ । यस बैंकले आफ्ना ग्राहक वर्गलाई लक्षित गरि सांग्रिला एकको दुई मुद्दतीे योजना सार्वजनिक गरेको छ । यो योजना सात वर्षका लागि दोब्बर हुने बताएका छन् । यो योजना पाँच हजारबाट सुरु गरिने छ । यस योजना अन्तरगत खाता खोलेमा २ वर्ष भित्र ९० प्रतिशत र त्यस पश्चात १०० प्रतिशतले कर्जाको सुविधा लिन सक्ने जनाएको छ ।

प्रेस विज्ञप्ती
मितिः २०७६।१०।१५

सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना “केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष” अन्तर्गत न्यूनतम मौज्दात रु पाँच हजारबाट सुरु गर्न सकिनेछ । यस मुद्दती योजना अन्तर्गत ग्राहक महानुभावले खाता खोली रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा र दुई वर्ष समयावधी पश्चात खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ग्राहकले १०० प्रतिशत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत ग्राहक महानुभावले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटिएम रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
सहयोगको लागि धन्यवाद ।
अपूर्व प्रशाद जोशी
प्रमुुख सञ्चालन अधिकृत




प्रतिकृया