३० बर्षे सेवाहदको प्रावधान हटाइएमा खनालको कार्यकाल १४ महिना थपिने
प्रकाशित मिति
२०७६ माघ १५ गते, बुधबार ०६:४३
प्रहरीमा तीस बर्षे सेवाहद हटाउने तयारी, प्रस्तावित ऐन मन्त्रीपरिषदमा
काठमाडौं । सरकारले ३० बर्षे सेवाहदको नेपाल प्रहरीमा विद्यमान प्रावधान हटाउने गृहकार्य शुरु गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ब्याच ३० बर्षे सेवाहदका कारण अवकाशमा जानै लाग्दा सरकारले प्रहरी नियमावली संसोधन गरेर नयाँ ब्यबस्था लागू गर्न लागेको प्रधानमन्त्री कार्यालय सम्बद्ध उच्च स्रोतले जानकारी गराए।
दक्ष जनशक्ति छिट्टै घर जाने र नयाँ भर्ना गर्दा राज्यलाई चर्को व्ययभार पर्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरी नियमावली २०७१ मा रहेको ३० बर्षे सेवाहदको प्रावधान हटाउने तयारी थालिएको उच्च स्रोतको दावी छ । सोहीअनुसार प्रस्तावित नेपाल प्रहरी ऐन २०७६ को मस्यौदा मन्त्रीपरिषदको कार्यालय पुगेको छ ।
आगामी मन्त्रीपरिषद बैठकले प्रस्तावित ऐनमा ३० बर्षे सेवाहदको प्रावधान तत्काल हटाउने तय गेरेको छ । नेपाल प्रहरी ऐन २०७६ बुँदा थपे गरेर संघीय संसदमा दर्ता हुने उच्च स्रोतले बताएको छ । त्यस लगत्तै बस्ने मन्त्रीपरिषद बैठकले संसदमा कानुन दर्ता भईसकेको अवस्थामा प्रहरी नियमावली संसोधन गर्न वान्छनिय भएको भन्दै ३० बर्षे सेवाहदको प्रावधान हटाउने भएको हो ।
नेपाल प्रहरी ऐन २०७६ को प्रस्तावित भएको एन मन्त्रीपरिषद पुगेपछि प्रहरी कर्मचारीले पदावधि र उमेरहदको आधारमा मात्रै सेवानिबृत हुने बताए । प्रस्तावित ऐनमा प्रहरी महानिरीक्षक (आईजी) को पदावधि ३ बर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ४ बर्ष, प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५ बर्ष, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ६ बर्ष र प्रहरी उपरीक्षक (एसपी) को पदावधि १० बर्ष रहने प्रस्ताव गरिएको छ ।
त्यस्तै प्रहरी महानिरीक्षक (आईजी) को उमेर हद ५८ बर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ५७ बर्ष, प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसर्पीं) को ५६ बर्ष र प्रहरी उपरीक्षक (एसपी) देखि तलको सबै दर्जामा ५५ बर्षको उमेर हद रहने प्रस्ताव गरिएको छ ।
विद्यमान ३० बर्षे सेवाहदको प्रावधान हटेमा हालका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको कार्यकाल १४ महिना थपिनेछ । खनाल २०७४ चैत्र २९ मा प्रहरी महानिरीक्षकको लागि नियुक्त भएका थिए । त्यसो भएमा खनालको ब्याचका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको कार्यकाल केही समय बढाउने बताए।
प्रतिकृया