सवारी दुर्घटना हुदा एकै परिवारका दुई जनाको मृत्यु, एक घाइते
प्रकाशित मिति
२०७६ माघ १५ गते, बुधबार ०४:०८
जनकपुरधाम, धनुषामा सवारी दुर्घटना हुँदा एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सोही परिवारको एक जना घाइते भएका छन् ।
बुधवार दिउँसो गणेशमान चारनाथ नगरपालिका–६ गोदारमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सोहि वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उन पत्नी ४० वर्षीय प्रमिला साहको घटनास्थलमै मृत्यु भएको र ९ वर्षीय छोरा जोन साह सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फबाट आउँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो एक आपसमा ठोकिएर घटना भएको हो ।
मृतक दुवै जनाको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिकृया