• १६ असोज २०८३, शुक्रबार
  • ८ः१८ राती

रौतहटमा प्रहरी र आपराधिक समूहबीच गोली हानाहान

प्रकाशित मिति

२०७६ माघ १५ गते, बुधबार ०३:५४

रौतहट, मंगलबार राति रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच भएको गोली हानाहानमा एक व्यक्ति घाइते भएका छन् । दुई समूहबीच गोली प्रहार हुँदा आपराधिक समूहका २० वर्षीय चाँद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

National Life

गएराती इशनाथ नगरपालिका १ बन्जरास्थित नेपाल–भारत सीमासँग जोडिएको बकैया नदिको बाँधमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानाहान भएको हो ।

आपराधिक समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल-भारत सिमानामा पुगेको थियो । प्रहरी गस्ति टोली र अपराधी समूहबीच जम्काभेट हुँदा अपराधी समूहले गोली चलाएपछि प्रहरीको जवाफी कारवाहीमा चलाएको गोली शेख चाँदको खुट्टामा गोली लागेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया