• १६ असोज २०८३, शुक्रबार
  • ६ः५० बेलुका

भारतमा बस दुर्घटना हुदा २७ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ माघ १५ गते, बुधबार ०४:१५

काठमाडौं, भारतको महाराष्ट्रस्थित नासिकमा तीव्र गतिमा रहेको रहेको एक बस मंगलवार अटोरिक्सासँग ठोकिएपछि ६० फीट गहिरो इनारमा खसेको छ । बस दुर्घटनामा सात वर्षीया बालिका सहित २७ जनाको मृत्यु भएको छ ।

National Life

आपतकालीन कर्मचारीहरूले रातभरिमा राज्य परिवहनको बसलाई इनारबाट निकालेका छन् अनि मृतकहरूको शरीर पनि निकालेका छन् । बसमा ४२ जना यात्रु थिए भने अटोरिक्सामा १० जना चढेका थिए । अटोरिक्सा पनि इनारमा खसेको थियो । ३२ जनालाई चोटपटक लागेको र अस्पताल लगिएको वरिष्ठ प्रहरी अधिकारी वासुदेव देसालेले बताए ।

भारतका सडकमा प्रतिवर्ष डेढ लाख मानिसको मृत्यु हुने गरेको छ । गैरजिम्मेवार हँकाइ, खराब सडक र यात्रुको भीडका कारण दुर्घटना हुने गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया