• १७ असोज २०८३, शनिबार
  • ६ः२६ बेलुका

अमेरिकी राष्ट्रपति ट्रम्प भारत आउने, १० अर्ब बराबरको व्यापार सम्झौता हुने

प्रकाशित मिति

२०७६ माघ १५ गते, बुधबार ०४:४८

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फेब्रुअरी २४ र २६ को बीचमा भारत भ्रमण गर्ने भएका छन् । द टाइम्स अफ इन्डियाका अनुसार औपचारिक रुपमा भने ट्रम्पको भ्रमणतालिका पछि सार्वजनिक हुनेछ । राष्ट्रपति भएपछि ट्रम्पको यो पहिलो भारत भ्रमण हुनेछ ।

National Life

अमेरिका र भारतबीच १० अर्ब अमेरिकी डलर(७१ हजार करोड भारतीय रुपैयाँ) बराबरको व्यापार सम्झौता हुनेछ ।यो सम्झौतामार्फत अमेरिका–भारतबीचमा देखिएको असमझदारीलाई हटाउने प्रयास गरिने बताइएको छ । दुवै पक्षले भन्सार शुल्कमा पुनर्विचार गर्न सक्नेछन् ।

अमेरिकामा राष्ट्रपति चुनावका लागि प्रचारप्रसार तीव्र हुने समयमा ट्रम्पले भारत भ्रमण गर्न लागेका हुन् ।केही महिनाअघि अमेरिकामा गरिएको ‘हाउडी मोदी’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरिएझैं दिल्लीमा ट्रम्पको स्वागतमा ‘टावनहल’ कार्यक्रमको तयारी गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

लामो समयको कसरतपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणमा अमेरिका–भारतबीच ‘मेगा ट्रेड डिल’(बृहत् व्यापार सम्झौता) मा सम्झौता हुने भएको छ । राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर केही दिनमै व्यापार सम्झौताको तयारीका लागि नयाँदिल्ली आउने इकोनोमिक टाइम्सले जनाएको छ ।

अमेरिकाले भारतमा बदाम निर्यात गर्ने तथा भारतले फलफूल निर्यातलाई बढाउने विषयमा पनि सम्झौता हुने बताइएको छ । अमेरिकाले गत जुनमा विकासशील देशको रुपमा भारतलाई दिँदै आएको सहुलियत हटाएको थियो । अमेरिकाले सहुलियत हटाएपछि भारतले अमेरिकाबाट भित्रिने २८ बस्तुमा भन्सार शुल्क बढाएको थियो ।

प्रतिकृया