• १७ असोज २०८३, शनिबार
  • ६ः५६ बेलुका

महानगरद्वारा शंखधर पार्क निर्माणका लागि करोडको सहयोग

प्रकाशित मिति

२०७६ माघ १५ गते, बुधबार ०५:४६

भक्तपुर, काठमाडौँ महानगरपालिकाले मध्यपुर थिमि नगरपालिकालाई शंखधर पार्क निमार्णका लागि एक करोड बराबरको आर्थिक सहयोग गरेको छ ।  आज शंखधर स्थित भएको अन्तरनगर साझेदारी कार्यक्रम अन्तरगत शंखधर पार्क निमार्ण गर्न काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यले मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठलाई एक करोड बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

National Life

कार्यक्रममा मेयर शाक्यले मन्तव्य दिदै भन्नुभयो, ‘सहयोगको सुरुवात हो अन्तिम होइन । ’ मेयर शाक्यले यस सहयोगले स्थानियमा थप जागरण ल्याउने आशा व्यक्त गर्नुभयो । काठमाडौँ नगरपालिका र मध्यपुर थिमि नगरपालिका भौगोलिक रुपमा विभाजित भएता पनि मनले सहकार्य गरेर एकै ठाउँमा रहेको उहाँले बताउनुभयो । उहाँले दुई नगरपालिका सहित सम्पुर्ण वासिन्दालाई बधाई समेत ज्ञापन गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले अगामी दिनमा मित्रता कायम रहि सहयोगको अपेक्षा राख्नुभयो । विकास निर्माणका लागि आर्थिक सहयोग गरेकोमा मेयर शाक्यलाई धन्यवाद ज्ञापन गनुभयो । उहाँले शंखधर पार्कको गुरुयोजनाको बारेमा उल्लेख गर्दे गुरुयोजना देखाउनका लागि मात्र नभई सो योजनालाई पुरा गर्ने प्रतिबद्धता गर्नुभयो । कार्यक्रमलाई मेयर शाख्यले दिप प्रज्वालन गरी सुभराम्भ गर्नु भएको थियो । कार्यक्रममा प्रतिनिधि, वडा अध्यक्ष, स्थनियवासी, पत्रकारलगायतका सहभागिता रहेको थियो ।

प्रतिकृया