• ११:२२ २०८० चैत्र १६ गते
  • 11:22 am

ओली सरकारमा अधिनायकबाद आउनुको यस्तो छ प्रमाण

प्रकाशित मिति

२०७६ माघ १३ गते, सोमबार ०८:५३

kp oli

 

काठमाडौँ । ओली सरकारको अधिनायकबादि यात्रा ।

– तराइका सदरमुकाम जोड्ने सडक ४ लेनमा बिस्तार गरिदै छ ।

– पूर्व पश्चिम राजमार्ग ४ लेनको बनाउन काम शुरु भएको छ ।

– रुग्ण बिधुत आयोजनाहरु प्रम आफैले निगरानी गरेर द्रुत निर्माण सम्पन्न गरिएको ।

– भेरी बबइ सिंचाइ आयोजनाको सुरुङ समय भन्दा अघि सम्पन्न भएको छ ।

– सुनकोशी

– मरिन डाइभर्सन सिंचाइ र बिद्युत आयोजनाको बजेट सुनिश्चित गरिएको छ ।

– मध्य पहाडी, मदन भन्डारी लोकमार्ग द्रुत गतिमा निर्माण हुदैछ ।

– हुलाकी राजनार्ग र पुर्व पश्चिम रेलमार्ग निर्माणाधिन छ ।

– पोखरा र भैरहवा क्षेत्रिय बिमानस्थल द्रुत गतिमा निर्माण हुदैछ ।

– मुलुकका ३ दर्जन आन्तरिक बिमानस्थल स्तरोन्नति गरिएको छ, आधा दर्जन बिमानस्थलमा रात्री उडान हुने भएको छ ।

– काठमाडौँ तराइ फास्ट ट्रयाक द्रुत निर्माण भैरहेको छ ।

– आधा दर्जन स्टोरेज प्रणालीको बिद्युत आयोजना निर्माण सुनिश्चित गरिएको छ ।

– ६ हजार मेगावाट बिद्धुत उत्पादनको चरणमा छन ।

– अबको २ बर्षमा नेपाल बिद्युत निर्यात गर्ने मुलुकमा रुपान्तरित हुदैछ ।

– चीन संग ७ वटा बन्दरगाह प्रयोग गर्न मिल्ने सम्झौता भएको छ ।

– चीनसंग जोड्ने ६ वटा नाका निर्माण अघि बढाइएको छ ।

– चीन नेपाल जोड्ने रेल्वेको अध्ययन सम्झौता भएको छ ।

– भारत नेपाल जोड्ने रेल्नेको डिपिआर तयार गर्न भारतसंग सम्झौता भएको छ ।

– भारतको जलमार्ग प्रयोग गरेर नेपालको सीमाबाट १०० किमि नजिकसम्म नेपाली जहाजमा समान ढुवानी गर्न सक्ने सम्झौता भएको छ ।

– बिद्युत निर्यात गर्न ९००० मेगावाट बिद्युत बेच्न बाङलादेशसंग सहमति भएको छ ।

– भारतसंग बिजुली खरिदको पावर ब्याङकको सम्झौता भएको छ ।

– सामाजिक शुरक्षा अन्तर्गत जेष्ठ नागरिकलाइ महिनाको ३ हजार र सडकमा बस्ने बृद्ध तथा बालबालीकाको संरक्षण र सुरक्षा ग्यारेन्टी गरिएको छ ।

– स्वास्थ्य बिमा देशभरी लाने काम अघि बढ्दैछ ।

– काठमाडौँ जोड्ने सुरुङ मार्गको काम शुरु गरिएको छ ।

– आधा दर्जन बढी सुरुङ मार्गको डिपिआर सकेर ठेक्का लगाउने चरणमा छ ।

– दिनै करिव एक दर्जन भ्रष्टहरुलाइ मुद्दा दायर गरिएको छ ।

– सरकारी जग्गा लुट्ने माफियाहरुको छानबिन गरिएको छ । ३०० हेक्टर बढी जग्गा सरकारी स्वामित्वमा ल्याइएको छ ।

– सदियौ देखि सुन तस्करी गर्ने ६ दर्जन अपराधिहरुलाइ मुद्दा दर्ता गरिएको छ ।

– अख्तियारका सदस्य र प्रमुख सहितलाइ मुद्दा चलाइएको छ ।

– संसदका सभामुख, प्रदेश मन्त्री, पुर्व मन्त्री समेतलाइ जेल पठाइएको छ ।

– मुलुकमा घन् सेवा बिस्तार गरिएको छ। पुर्व पश्चिम फाइबर अप्टिक लाइन बिस्तार गरिएको छ ।

– मालपोत लगायत सरकारी सेवामा अनलाइन प्रणाली बिस्तार गरिएको छ र यो क्रममा छ ।

– नेपालमा होटल बिस्तार भएको छ ।

– प्रमकै सोच अनुसार नेपालका नदीहरुमा पानी जहाज संचालन शुरु भएको छ, आदि आदि ।

गुरुजीको वालबाट ।

प्रतिकृया