• १९ भदौ २०८३, शुक्रबार
  • १०ः२७ राती

कोरोना भाइरस आतंक चीन बाहेक १४ देशमा, (संक्रमित देश र संख्या सहित)

प्रकाशित मिति

२०७६ माघ १३ गते, सोमबार ०९:०७

चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलन सुरु भएको कोरोना भाइरसले महामारीको रुप लिएको छ।

हाल यो नयाँ भाइरस संकटको रुपमा विश्वमा देखा परेको छ। हालसम्म चीनमा यस भाइरसबाट संक्रमितको संख्या झन्डै २ हजार पुगेको चिनियाँ अधिकारीहरुले बीबीसीलाई बताएका छन्।

Kamana Sewa

चीनको स्वास्थ्यमन्त्री मा साओवीले यस भाइरसको संक्रमणबाट ५६ जनाको मृत्यु भएको आइतबार जानकारी दिएका छन्। यो भाइरस हाल विश्वका १४ देशमा पनि देखिएका छन्। सीएनएनका अनुसार चीनबाहेक अन्य देशमा ४७ जनामा कोरोना भाइरस देखिएको छ।

Classic Tech Desktop

 संक्रमित देश 

१.हङकङः ६
२. मकाउः ५
३. थाइल्याण्डः ५
४. अस्ट्रेलियाः ४
५. मलेसियाः ४
६. सिंगापुरः ४
७. फ्रान्सः ३
८. जापानः ३
९.दक्षिण कोरियाः ३
१०. ताइवानः ३
११. अमेरिकाः ३
१२. भियतनामः २
१३ः नेपाल १
१४. पोर्चुगल १

कोरोना भाइरस निमोनियाजस्तै भएको बताइएको छ। यस भाइरस शरीरमा प्रवेश गरेपछि सास फेर्न गाह्रो हुन्छ। चिकित्सकहरुले साबुन पानीले हात धुन, मास्क लगाएर हिँड्न तथा मासुजन्य पदार्थ प्रयोग नगर्न सुझाव दिएका छन्। कोरोनाभाइरस रुघाखोकी लगाउने भाइरसहरूको एउटा सदस्य हो। अहिले फैलिएको यो भाइरस पहिला देखिएको थिएन।

वैज्ञानिकहरूले चीनले यो भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको चेतावनी दिएका छन्।

प्रतिकृया