पहिलो टी–ट्वान्टीमा भारतको शानदार जित
प्रकाशित मिति
२०७६ माघ ११ गते, शनिबार १०:४३
न्यूजिल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टीमा भारतले जित निकालेको छ । घरेलु टिम न्युजिल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टीमा भारतले ६ विकेटको जित निकालेको हो ।

अकल्याण्डमा शुक्रबार भएको पहिलो खेलमा न्युजिल्याण्डले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । सुरुआत भने खराब गरेको भारतको जितमा केएल राहुल र विराट कोहलीले ९९ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
श्रेयस आएरले सर्वाधिक अविजित ५८ रन बनाउँदा लोकेश राहुलले ५६ रन बनाए भने कप्तान विराट कोहलीले ४५ रन बनाए ।

बलिङतर्फ न्यूजिल्याण्डका इश सोधिले २ तथा ब्ल्याएर टिक्नर र मिचेल साण्टनरले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । उसका लागि कोलिन मुन्रोले ५९ रन बनाए भने रोस टेलरले ५४ रन जोडे । यस्तै कप्तान केन विलियम्सनले ५१ रन बनाए ।
जितसँगै भारतले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।



प्रतिकृया