• 7:55 pm

नेपाल टेलिकमले ल्यायो अनलाईनबाटै हरेक महिनाको बिल हेर्न मिल्ने सुविधा

प्रकाशित मिति

२०७६ माघ ९ गते, बिहीबार ०९:१६

screen 0

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजताका लागि अनलाईनबाटै हरेक महिनाको बिल हेर्न मिल्ने सुविधा प्रदान गरेको छ ।

टेलिकमले ल्याण्डलाइन तथा मोबाइलबाट भएको खर्चको हरेक महिनाको बिल अनलाइनबाटै हेर्ने सुविधा थप गरेको हो । जसमा जीएसएम, पीएसटीएन र सीडीएमएको बिल हेर्न सकिने छ ।

यसका लागि सेवाग्राहीले नेपाल टेलिकमको वेबसाइटमा गएर दायाँतर्फ रहेकोण् ‘यूटिलिटी’ भित्र रहेको ‘अनलाईन मोबाइल बील’ मा क्लिक गर्नुपर्नेछ । तत्पश्चात तपाईंले कुन सेवाको अर्थात ल्याण्डलाइन फोन, जीएसएम मोबाइल वा सीडीएमए मध्ये कुन सेवाको र कुन महिनाको बिल हेर्ने चाहनु भएको हो खुलाउनुपर्नेछ ।

यदी तपाईले आफ्नो एक महिनामा मोबाइलमा कति खर्च भएछ भनेर जानकारी लिन चाहानुभयो भने त्यहाँ भएका अप्सनहरु पूरा भर्नुपर्छ ।

मोबाइल वा मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । साथै अर्को बक्समा ‘पुक नम्बर’ मागिएको छ । त्यहाँ मोबाइलको लागि पुक नम्बर नै प्रयोग गुर्नपर्ने हुन्छ । यदि तपाईंसँग मोबाइलको पुक नम्बर नभएको खण्डमा आफ्नो मोबाइलबाट‘एग्प्’ टाइप गरी १४१५ मा एसएसएस पठाएर थाहा पाउन सक्नुहुनेछ ।

ल्याण्डलाइन फोनको बिल हेर्नु परेमा ‘अकाउण्ट नम्बर’ राखेर चेक बिलमा क्लिक गर्नुपर्ने हुन्छ । ल्याण्डलाइन टेलिफोनको अकाण्ट नम्बरको लागि बिल तिरेको रसिदमा रहेको अकाउण्ट नम्बर प्रयोग गर्न सकिन्छ । अथावा टेलिकमको काउण्टरबाट बिल प्रिन्ट प्राप्त गर्न पनि सकिन्छ ।

प्रतिकृया