पैसा नपाएको भन्दै डोजरधनीले भत्काइदिए सडक
प्रकाशित मिति
२०७६ माघ ७ गते, मंगलवार ०६:५५
गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा उपभोक्ता समितिले तीन वर्षअघि उधारोमा खनेको सडकको भुक्तानी नपाएपछि अहिले डोजर लगाएर भत्काइएको छ।
रत्नबहादुर विक अध्यक्ष रहेको उपभोक्ता समितिले नेताको भाषणकै विश्वासमा ०७३ मा अर्बेनी देउराली कोट पाँच किलोमिटर सडक उधारोमा खनेको थियो।
गुल्मी १ का तत्कालिन सांसद कृष्ण छन्तेलले सांसद विकास कोषबाट आउने बजेट दिने भन्दै स्थानीयलाई सडक खन्न लगाएका थिए।
विक नेतृत्वको उपभोक्ता समितिले स्थानीयसँग तेलको पैसा उठाएर सडक खने। समितिकै सदस्यसमेत रहेका निर्माण व्यवसायी लक्ष्मीपति न्यौपानेको डोजर प्रयोग गरेर सडक खनिएको थियो। भुक्तानी नपाएको भन्दै अहिले डोजरमालिक लक्ष्मीपति न्यौपानेले दुई ठाउँमा सडक भत्काएका छन्। उक्त सडक खन्दा २० लाख ८० हजार ऋण लागेको समितिले जनाएको छ।
स्रोत : नयाँ पत्रिका दैनिक
Related
Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया