दिपकराज जोशी अटाएनन् पर्यटन बोर्डको सिईओ पदमा
प्रकाशित मिति
२०७६ माघ ६ गते, सोमबार ०४:५९
वर्तमान सीईओ दीकपराज जोशी नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत प्रतिसपर्दाबाट बाहिरिनु भएको छ। जोशी पुनः दोहोरिने चर्चामा रहेपनि सुचकमा उहाँको नाम छनौट भएन । जोशीले नेपाल भ्रमण वर्षको प्रारम्भिक समयमा ४ वर्षे कार्यकाल पूरा गरिसक्नु भएको छ । संचालक समितिले जोशीलाई केही महिना कार्यकाल लम्ब्याउने प्रस्ताव गरेता पनि खुला प्रतिस्पर्धामा आउनु भएको थियो ।
पर्यटन बोर्ड संचालक समितिले आइतबार नै नयाँ सीईओ नियुक्त गर्ने तयारी गएिता पनि केही बोर्ड सदस्यको समय नमिलेका कारण बैठक सोमबारका लागि सारिएको हो । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि तीन जनाको नाम सिफारिस भएको छ । समिति बोर्डले संचालक समितिमा पठाएको सूचीमा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर छन्। उनीहरु मध्येबाट एक जना बोर्डको नयाँ सिइओ हुनेछन्। नयाँ सीईओको कार्यकाल ४ वर्षको हुनेछ ।





प्रतिकृया