‘मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधी: सन्तोषीलाई
प्रकाशित मिति
२०७६ माघ ४ गते, शनिबार ११:४१
म ४० वर्षको होइन ३६ वर्षको हु– सन्तोषी साही
काठमाडौं, सिजन मिडियाद्धारा सञ्चालन गरिएको एमआरएस ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेताको उपाधी सन्तोषी शाहीले जित्न सफल भएकी छिन् । मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधीसहित उनले मिसेज मल्टी मिडिया अवार्ड पनि हात पार्न सफल भइकी छिन् । विजेताको उपाधी सँगै टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरिन् । उनले आफ्नो उमेर ४० नभएर ३६ वर्ष भएको बताइन् । उनी कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतकी हुन् ।

यसैगरि सविता शर्मा फस्ट रनरअपको उपाधी सँगै मिसेज पपुलरको अवार्ड पनि जित्न सफल भइन् भने सीता अर्चना पौडेल सेकेण्ड रनरअपमा सँगै वेष्ट वाकको अवार्ड पनि जितिन् । फस्ट र सेकेण्ड रनरअपले उपहार स्वरुप बाली भ्रमणको टिकट सहित विभिन्न उपहार प्राप्त गरेका छन् । रञ्जना निरौला थर्ड रनरअपमा थिन् भने र ‘फोर्थ रनर अपमा देवकला भएकी छिन् । विभिन्न ‘सवटाइटल अवार्ड’ हातपार्न देवकला पुन व्यूटीफूल आइज, सिर्जना गौतम फेष्डसिप अवार्ड, सिर्जना पनेरु डाइनामिक अवार्ड, सरिता कर्ण वियारी एलीगेनस अवार्ड, अमिता अमात्य इनोसेन्ट अवार्ड, दिपा ढुङ्गाना इनरजेटीक हवार्ड, सुहाना अर्याल वेष्ट फीगर अवार्ड, उर्मिला खत्री फोटोजेनीक अवार्ड, समीसा गिरी ट्यालेन्ट अवार्ड, , सुम्निमा चौधरी व्यूटीफूल स्कीन अवार्ड,रिता कार्की वेष्ट पर्सनालीटी अवार्ड र रस्मिला शाही अर्गनाइजर च्वाइस वेष्ट ड्रेस र भिर्योस च्वाइस अवार्ड हातपार्न सफल भइन् ।

विगत तीन वर्ष देखि सिजन मिडियाले ‘मिसेज ब्युटी क्वीन नेपाल सञ्चालन गर्दै आएको छ । लेट मिइन कोरियन स्कीन हस्पिटलको निरन्तर सहयोग गर्दै आएको छ । उक्त कार्यक्रमको निर्णायक मण्डलमा नेपाल लाइफ इन्सुरेनसका प्रमोसन हेड मेगेन्द्र प्रकाश गिरी, नेपाल टेलीभिजनकी समाचार सम्पादक सिवानी थापा वस्नेत, सिसनयर व्यूटीसियन सिता पाठक, प्रदेश एकका आनका संयोजक पवन अधिकारी, जुम्वा प्रशिक्षक सोनाम केसी, ‘मिसेज व्यूटी क्वीन २०१८ की विजेता सुदिक्षा आचार्य र सिनियर विमान परिचारीका अन्जली खनाल थिए ।मिसेस ब्युटी क्विन नेपाल’ को उदेश्य भनेको विवाहित महिलाको व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।






प्रतिकृया