• २५ भदौ २०८३, बिहीबार
  • ५ः०२ बेलुका

रोजगारीले लियो दुई युवकको ज्यान

प्रकाशित मिति

२०७६ माघ ४ गते, शनिबार १२:३३

काठमाडौं, रोजगारीका लागि कोरीया पुगेका दुई नेपाली युवाको अलग घटनामा मृत्यु भएको छ । दक्षिण कोरिया, छल्लाबोक्दो स्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाएका हुन् ।

National Life

साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृत फेला परेका थिए । अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए । घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउल स्थित नेपाली राजदूतावासले जनाएको छ । तनहुँका रानाको भने कम्पनीमा छिगेछा गाडी मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको छ । अविवाहित राना चार वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया आएका थिए ।

प्रतिकृया