• २३ भदौ २०८३, मंगलबार
  • १ः१८ दिउँसो

त्रिभुवन विमानस्थल किन बन्द

प्रकाशित मिति

२०७६ माघ ४ गते, शनिबार १०:४२

काठमान्डौँ, त्रिभुवन विमानस्थलको हवाइजहाजहरु उडान र अवतरण स्थिगित भएको छ । कुहिरोले बाटो नदेख्ने भएपछि स्थिगित गरिएको हो । राष्ट्रिय र अन्तराष्ट्रियको अवतरण र उडान दुवै रोकिएको हो । त्रिभुवन विमानस्थल कार्यालयले उडान तथा अवतरण खुलेपनि पुरै दिन प्रभाव पर्ने बताएको छ । अहिले ५० मिटर दुरि सम्म मात्र दृश्य देखिने भएकोले समस्या दखिएको हो ।
उडान मात्र नभएर सडकमा पनि कुहिरोको प्रभाव परेको छ । काठमान्डौँको सडकमा गाडी र पैदल यात्रीलाई समेत दृश्य धमिलो भएर समस्या परेको छ । ट्राफिक प्रहरीले गाडी चालकलाई सावधान रहेर बिस्तारी गाडी चलाउन अनुरोध गरेको छ ।

National Life

पहाडी क्षेत्रमा लागेको कुहिरो बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोख्रेलले बताउनु भयो । यसैबिच देशका धेरै ठाउँमा बिहीबार र शुक्रबारदेखि वर्षा र हिमपात भइरहेको मौसमको प्रणाली कमजोर हुँदै गएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । उहाँले बर्षा र हिमपात प्रणाली कमजोर हुँदै गएकोले शनिबारदेखि मौसम खुल्दै जाने बताउनु भयो । काठमाण्डौसहित मध्य र पश्चिमका केही ठाउँमा हल्का पानी पर्ने संभावना भने रहेको बताउनुभयो ।

सबैभन्दा धेरै वीरेन्द्रनगरमा ६० मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ । काडमान्डौँ लगाएत अन्य ठाउँमा बिहिबारको दिन २४ घण्टा पानी परेको कारण सर्वसाधरणलाई सकस महसुस भएको थियो । यस कारण सडकमा चाप पनि नरहेको अबस्था थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया