• १९ भदौ २०८३, शुक्रबार
  • १२ः०१ राती

मध्य पूर्वी र पहाडी बाहेक अन्य ठाउँमा शनिबार मौसम सफा

प्रकाशित मिति

२०७६ पुष २६ गते, शनिबार १२:३९

काठमाडौं – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ । तर , मध्य र पूर्वी पहाडी बाहेकका ठाउँको मौसम शनिबार सफा हुने मौसमविद्ले जानकारी दिनु भएको छ ।

मध्य र पूर्वी पहाडी क्षेत्रको आकाश एकैछिन खुल्दै बादल लाग्दै गर्ने भए पनि अरु ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनु भएको छ ।अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नरहेकाले शनिबार पानी र हिउँ भने कतै पनि नपर्ने जानकारी दिनु भएको छ । विभिन्न ठाउँमा अहिले लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटेर पारिलो घाम लाग्ने मौसमविद् श्रेष्ठले जानकारी दिनु भएको छ।

Kamana Sewa

प्रतिकृया