• १९ भदौ २०८३, शुक्रबार
  • २ः२१ राती

थारु कल्याणकारिणी सभा र नेपाल मगर संघबीच टुडिखेल फिल्डमा माघे संक्रान्ति मनाउने सहमति

प्रकाशित मिति

२०७६ पुष २२ गते, मंगलवार ०४:५३

सरिता चौधरी,
काठमाडौँ, थारु कल्याणकारिणी सभा केन्द्रिय समिति र नेपाल मगर संघ केन्द्रिय समितिबीच नयाँ वर्षको रुपमा मनाउने माघे संक्रान्ति टुडिखेल फिल्डमा संगै मनाउने सहमाति भएको छ ।

आज आर्मि हेड क्वाटर भद्राकालीमा बैठक वसि दुबै समितिबीच संक्रान्तिको महोत्सव एकै फिल्डमा हुने सहमति भएको थरुहट थारुवान राष्ट्रिय युवा शक्तिका केन्द्रिय अध्यक्ष सिताराम थारुले बताउनु भयो । टुडिखेल फिल्ड माघे संक्रान्ति महोत्सवको लागि थारु र मगर समुदायबीच लामो समयदेखि विवादमा रहेको थियो ।

Kamana Sewa

Classic Tech Desktop

अध्यक्ष थारुले माघे संक्रान्तिलाई रेसम चौधरी लगायत कारागारमा रहेका थारुहरुको रिहाको मागको लागि आन्दोलनको रुपमा मनाउने जानकारी दिनुभयो । उहाँले संक्रान्ति महोत्सवका लागि समिति गठन गरिनुका साथै तयारी पुरा भएको समेत जानकारी दिनुभयो ।

उहाँले थारु र मगर समुदायले माघ महोत्सव एउटै फिल्डमा मनाउदा यसले अझ सकारात्मक सन्देश दिने बताउनुभयो । महोत्सवलाई सभ्य र भब्य रुपमा सफल बनाउन सबैलाई आग्रह समेत गर्नुभयो ।

 

प्रतिकृया