‘भिजिट मधेश नेपाल–२०२०’ को घोषणा
प्रकाशित मिति
२०७६ पुष २२ गते, मंगलवार ०४:०१
‘भिजिट मधेशबिना भिजिट नेपाल अपुरो’ हुने भिजिट मधेश नेपाल अभियानको भनाई
काठमाडौं, भारतबाहेक अन्य देशबाट नेपाल आएका विदेशी पर्यटकहरुको एक तिहाईलाई मधेश भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । विगत २ वर्षदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई आयोजकले यो वर्षपनि निरन्तरता दिएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा भिजिट मधेश नेपालले पत्रकार सम्मेलन गर्दै यो वर्ष कम्तिमा पनि नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरुको एक तिहाई (भारतबाहेक) लाई मधेश भ्रमण गराउने उद्देश्य लिएको सुनाएको छ । सोही लक्ष्य बोकेर डिजिटल प्लाटफर्मपनि आज सार्वजनिक गरिएको छ । आयोजकले सार्वजनिक गरेको प्लेटफर्मममा ‘भिजिट मधेश डटकम’ र भिजिट मधेश नामक मोवाईल एप रहेका छन् ।

‘भिजट मधेशबिना भिजिट नेपाल अपुरो’ हुने आयोजको विश्वास छ । आयोजक संस्थाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘Visit Nepal Is Not Complete without Visit Madhesh हाम्रो भिजिट मधेस नेपालको मुल नारा रहेको छ । तराई मधेसको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकहरुलाई झन आकर्षित गर्न मद्दत गर्ने छ । तराई मधेसमा रहेका प्रचुर सम्भावना बोकेका गन्तव्यहरुको प्रवर्द्धन एवं संरक्षण गर्न सकियो भने नेपालको पर्यटन क्षेत्रमा थप ठुलो क्रान्ति हुन सक्छ । पर्यटकहरुको नेपाल बसाईको अवधी समेत बढन सक्ने सकारात्मक अवस्था सृजना हुने सम्भावना छ ।’
तराई मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटनमैत्री वातावरण निर्माण गर्ने “भिजिट मधेस नेपाल“अभियान नागरिकस्तरबाट बिगत २ वर्षदेखि जारी रहेको आयोजकले जनाएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘यसले नेपालभित्र रहेका तराई–मधेसका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभुषा एवं बिशेषताहरुलाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन एवं चिनाउदै अगाडि बढिरहेको छ । यो अभियानको लागि तराई मधेसको २२ वटै जिल्लामा जिल्ला, प्रदेश एवं राष्ट्रियस्तरको टिम स्वयंसेवकको रुपमा पर्यटनमैत्री वातावरण निर्माणमा लागेका छन्। साथै टिमहरुले आफ्नो जिल्ला, गाउँ–ठाउँका पर्यटकीय गन्तव्यहरुको बारेमा अध्ययन तथा अनुसन्धान र प्रचारप्रसार गर्ने कामहरू गरिरहेका छन् ।’ आयोजकका अनुसार अहिलेसम्म १२ वटा अन्य देशहरुमा पनि ग्लोबल रुपमा टिमहरु प्रवर्द्धनमा लागेका छन्।
आन्तरिक एवं बाह्य पर्यटकहरुको सुबिधाको लागि भिजिट मधेसको डिजिटल प्लेटफर्म (वेबसाईट खष्कष्तmबमजभकज।अयm एवं खष्कष्तmबमजभकज को मोबाइल एप्स पनि तयार गरिएको र सो डिजिटल प्लेटफर्मबाट सेवाहरु बुकिङ, खरिद र बिक्री गर्नसक्ने अत्याधुनिक सुबिधा रहेको आयोजकको भनाई छ ।
विकास र समृद्धिमा पर्यटन क्षेत्रले ठुलो योगदान पुर्याउँदै आएकोले पर्यटनको बिकासले कुल ग्राहस्थ उत्पादनमा पनि अप्रत्याशित बढोत्तरी गर्नसक्ने र रोजगारको अवसरहरु सृजना गर्न कोशेडुङा साबित हुने आयोजकको विश्वास छ ।
विज्ञप्तीमा थप भनिएको छ,‘पर्यटन प्रर्वद्धनले सामाजिक चेतना विकास, सरसफाइ (पर्यावरण स्वक्षतामा सकारात्मक प्रभाव तथा स्थानीय पहिचान, कला, संस्कृतिको जगेर्ना र संरक्षण हुने, स्थानीय उत्पादन, हस्तकलाले बजार पाउने सम्भावनाहरु बढदै जान्छ। यो अभियानको ग्लोबल कोर्डिनेटर प्रमोद राज सरार्फ हुनुहुन्छ भने नेसनल कोअर्डिनेटरको रुपमा ओमप्रकाश सरार्फले नेतृत्व गर्नुभएको छ । र, कल्चरल एम्बेस्डरको रुपमा गायक रविराज साह हुनुहुन्छ ।’
उक्त अभियानले पर्यटकीय स्थलको सरसफाइ, सरोकारवालासंग गाउँ र सहरमा अन्तरक्रिया, जनजागरण कार्यक्रम र पर्यटकिय गतिविधि तथा गन्तव्यहरुको प्रचारप्रसार एवं प्रर्वद्धन गर्दै आइरहेको छ ।




प्रतिकृया