• २१ जेठ २०८३, बिहीबार
  • ७:०९ बेलुका

हिमपातका कारण सुदूरपश्चिममा जनजीवन प्रभावित

प्रकाशित मिति

२०७६ पुष १८ गते, शुक्रबार ०८:३२

धनगढी – बिहिवार रातिदेखि भईरहेको हिमपातका कारण सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। डडेल्धुरा, डोटी, बैतडी, बझाङ, बाजुरा, लगायतका जिल्लामा हिमपात भईरहेको छ। हिमपातपछि बढेको चिसोले जनजीवन प्रभावित भएको छ।

अहिले भने मौसम पुर्वानुमान महाशाखाले अनुसार अबको केही दिन तापक्रम घटबढ भइरहने छ। पश्चिमी वायु सक्रिय भएकाले अझै देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

Kamana Sewa

प्रतिकृया