नेपाल रेडक्रस सोसाईटीद्धारा विद्मालय सुरक्षा योजना र अतिरीक्त क्रियाकलाप संचालन
प्रकाशित मिति
२०७६ पुष १४ गते, सोमबार ०५:०५
भक्तपुर, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखामा संचालीत उत्थनशिलनगर प्रवद्र्वन र सहभागीता कार्यक्रमबाट आज गणेश माध्यमिक विद्यालय मध्यपुर नगरपालिकामा विद्मालयका शिक्षक र विद्यार्थीलाई आप्नो विद्मालयमा रहेका र हुन सक्ने विपद तथा जोखीम पहिचान गरी विद्मालय सुरक्षा योजना निर्माणका लागी एक दिने विद्मालय सुरक्षा योजना निर्माण कार्याशाला सम्पन्न भएको छ ।


कार्यशालामा शिक्षक र विद्मार्थी गरी ३५ जनाको उपस्थिती रहेको थियो । कार्याशालामा सहभागीहरुले आफ्नो विद्मालयको सुरक्षा योजना बनाएका थिए । साथै योजनालाई आधार मानेर आगामी वर्ष विद्मालय सुधार योजना निर्माण गर्ने योजना विद्मालयले जनाएको छ ।

यसका साथै वालकोट उपशाखामा विद्मालय स्तरीय अतिरीक्त कृयाकलाप संचालन गरिएको थियो । अतिरीक्त कृयाकलापमा हाजिरी जवाफ प्रतीयोगीता सम्पन्न भएको छ । जहा मध्यपुर नगरपालिकाका विद्यालयहरु आदर्श लायकु मध्यमिक विद्यालय, श्री जनप्रेमी आधारभुत विद्मालय, श्री सरस्वति आधारभुत विद्मालय , श्री महेन्द्र आधारभुत विद्मालय र बाल प्रेमी माध्यमिक गरी ५ वटा विद्मालयको सहभागीता रहेको थियो ।
विपद तथा प्रकोपको बारेमा जानकारी दिन र विभिन्न अतिरिक्त क्रियाकलापको माध्यमद्वारा विद्यार्थी र शिक्षकहरुलाई विपद तथा जोखीम न्युनीकरणका विषयमा अध्यावधिक गर्नका लागी उत्थनशिलनगर प्रवद्र्वन र सहभागीता कार्यक्रमबाट विद्यालय स्तरीय क्रियाकलापहरु संचालन हुदै आएको छ । जवाफ प्रतियोगितामा आदर्श लायकु माध्यमीक विद्यालय प्रथम, बाल प्रेमी माध्यमिक विद्यालय द्धितिय र श्री जनप्रेमी आधारभूत विद्यालय तृतीय भएका छन् ।





प्रतिकृया