• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

लडाकु शिविरमा आक्रमण हुँदा १८ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ पुष १४ गते, सोमबार १०:१२

एजेन्सी, अमेरिकी सेनाले इराक र सिरियास्थित लडाकु शिविरमा आक्रमण गर्दा १८ जनाको मृत्यु भएको छ । आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

अमेरिकाले हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठन मानेको छ । रोएटर्सका अनुसार आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो।

Kamana Sewa

इराकका सुरक्षा निकाय तथा लडाकुहरूले रोएटर्सलाई बताएअनुसार कम्तीमा १८ लडाकुको मृत्यु भएको छ । तीनवटा आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

Classic Tech Desktop

प्रतिकृया