• ५ साउन २०८३, मंगलबार
  • ४:१६ बेलुका

छपाकको छायांकनका क्रममा दीपिका पादुकोण फेरि डिप्रेशनमा

प्रकाशित मिति

२०७६ पुष ९ गते, बुधबार ०३:१२

नायिका दीपिका पादुकोणले चलचित्र छपाकर्र्र्र्र्र्र्को छायांकनको काम सन् २०१८ मा सुरु गरेकीथिइन् । त्यही समय उनको र नायक रणवीर सिंहको बिहेको काम पनि चलिरहेको थियो । पादुकोणले आफ्नो जीवनमा डिप्रेशनमा रहेको कुरा मिडियामाफर्त सार्वजनिक गरिकी छिन् । सन् २००४ देखि दीपिकाले आफू डिप्रेशनमा रहेको बताईसकेकी छिन् ।

Kamana Sewa

दीपिकाले भनेकी छिन चलचित्र छपाकको छायांकनका क्रममा म फेरि एकपटक डिप्रेशनमा पुगेकी थिएँ । मलाई चलचित्रको छायांकन सेटमा काउन्सिलरको आवश्यकता थियो । उनले भनिन् म निकै नै थाकेको महशुश गरिरहेकी थिएँ । लामो समयसम्म काम गर्ने गरेकाले मलाई यस्तो भएको हो कि भन्ने पनि लाग्थ्यो । तर, मैले आफूमा ‘क्लस्ट्रोफोबिक’ भएको महुशुश गर्न थाले ।

Classic Tech Desktop

उनका अनुसार क्लस्ट्रोफोबिक एउटा यस्तो डर हो, जहाँ मान्छे आफूलाई सानो कोठामा बन्द भएको महशुश गर्छ । उनले यो भूमिका आफ्ना लागि भावानात्मक रुपमा पनि कठिन भएको बताइन् । एसिड पीडित एक किशोरीको बारेमा सोच्नु र उनको स्थानमा आफूलाई राख्नु सजिलो काम नभएको बताइन् ।

प्रतिकृया