• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

थारु समुदायमा छाउपडी प्रथा मानिदैन

प्रकाशित मिति

२०७६ पुष १ गते, मंगलवार १२:४४

सरिता चौधरी

महिनावारी महिलाको गर्भाशयको भित्री अस्तर रगत र ऊतक योनीबाट निष्कासन हुने प्रक्रिया हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ तर कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो ।

Kamana Sewa

महिनवारीलाई बैज्ञानिकरूपमा सामान्य प्रकृति नियम मानिन्छ तर कतिपय समुदायमा यसलाई एउटा छाउपडी प्रथाको रुपमा लिइन्छ तर थारु समुदायमा बैज्ञानिकरूपमा नै लिने गरिन्छ । अर्थात थारु समुदायमा छाउपडी प्रथा छैन । सुदुरपश्चिमको पहाडी क्षेत्रका समुदायमा छाउपडी मुख्य समस्याको रुपमा रहेको छ ।

Classic Tech Desktop

महिनावारी भएका महिलालाई हेर्ने सकारात्मक सोचको बिकास नहुनू नै परम्परा देखि चल्दै आएको यो कुप्रथा जरा गाडेको छ । छाउपडी प्रथा मान्ने समुदायका महिलाहरु महिनावारि भएका बेलामा घरपरिवार छोइहालेमा घरमा अनिष्ट हुने , देवी देवता रिसाउने ,पाप लाग्ने भन्ने जस्ता रुढीबादी र अन्धविश्वास रहेकोले घरभित्रको काम गर्न नदिने, दुध दही जस्ता पोषणयुक्त खाने कुरा खान नदिने जस्ता अमानवीय व्यवहार गर्ने गरिन्छ । जस्ले गर्दा घर देखि टाढा छाउघर र गोठमा बस्न बाध्य हुन्छन् जस्को परिमाण स्वरुप कयौं महिला बलत्कृत हुने, सर्पले डस्ने, विभिन्न रोगको संक्रमण भइ अकालमा नै ज्यान घुमाउन बाध्य छन् ।

तर सुदुरपश्चिममा नै पर्ने कैलाली , कंचनपुर ,बर्दिया लगायत विभिन्न जिल्लाका थारु समुदायमा अन्य समुदायले जस्तो छाउपडी प्रथा मानिदैन महिनावारी भएका महिला बेलामा घरपरिवार छोइहालेमा घरमा अनिष्ट हुने , देवी देवता रिसाउने ,पाप लाग्ने भन्ने जस्ता रुढीबादी र अन्धविश्वास थारु समुदायमा मानिदैन ।

थारु समुदायका महिला घरभित्र देखि लिएर सबै काम गर्ने, दुध दही जस्ता पोषणयुक्त खाने कुरा खाने र अन्य समुदाय जस्तो कुनै छाउघर, गोठमा बस्नु पर्दैन बरु थप सरसफाइमा बढी ध्यान दिने गर्दछन् । महिनावारीको समयमा छाउपडी प्रथा मान्ने , भान्सा छोइदा पाप लाग्ने , मन्दिर जान नमिल्ने जस्तो हाल सम्म कुनै बैज्ञानिक प्रमाण भेटिएको छैन । यस्तो हुनु केवल अन्धविश्वास , समाजिक कुरिति, रुढीबादी मात्र मानिएको छ ।

हुनपनि हो यस्लाइ एउटा सामाजिक कुरिती , अन्धबिश्वास र रुढीबादी मात्र मान्न सकिन्छ यदी भान्सा छोइदा , पानी छोइदा र मन्दिर जादा पाप लाग्ने, घरपरिवारमा अनिष्ट हुने भए थारु महिला र बिदेशी महिला पर्यटकलाई पनि पाप लाग्नु पर्ने हो । उनीहरुको घरपरिवारमा पनि अनिष्ट हुनुपर्ने हो । एक पटक मनन गरौं के पशुपति मन्दिरमा आउने दैनिक सयौं महिला पर्यटक महिनाबारी नभए होलान् त ? के थारु महिला महिनावारी भएका बेलामा छोईयो भनेर पापै लागे , घारपरिवारमा अनिष्ट नै हुने भए थारु समुदायमा पनि हुनु पर्ने हो ।

शहरी क्षेत्रमा महिनावारी भएका महिलालाई अरामका साथै सरसफाइमा ध्यान दिनु पर्छ भन्ने मान्यता छ र छाउपडी प्रथा नमन्दै महिलालाई अराम गर्ने पोषण युक्त खाना खाने गर्दछ्न र त्यो राम्रो हो । तर ग्रामीण क्षेत्रका महिलालाई घर भित्र पस्न, पानी छुन मनाही गरिएको हुन्छ । जस्ले गर्दा महिलाले सरसफाइ गर्नबाट बन्चित हुन्छन । घरभित्र भन्दा महिनावारी भएको समयमा बहिराको काम गर्नु पर्ने हुन्छ जस्ले गर्दा गह्रौं भारी बोक्न पर्ने, पोषण युक्त खानाबाट बन्चित राख्ने जस्तो छाउपडी प्रथाको नाममा महिला प्रति अमानवीय व्यवहार गर्ने गरिन्छ ।

मैले समाजिक परम्परा , रितिरीवाज ,नितिनियमको बिरोध वा उल्लंघन गर्न खोजेको होइन । हामीले हाम्रो परम्परा मान्नुपर्छ तर परम्पराको राम्रो नराम्रो पक्ष हेरेर कुन मान्ने कुन नमान्ने त्यो हामीले निर्धारण गर्न सक्नुपर्छ । नेपाली समाजमा वैदेशिक परम्पराका पोशक, धर्म ,खानपिन अपनाउन सकिन्छ भने नेपालमै भएका समुदायहरुको राम्रो चालचलन एकाअर्काबीच साट्न सकिदैन र ? यसका साथै हामी महिला स्वयंले छाउपडी प्राथ एउटा कुप्रथा हो जस्लाइ हामीले मन भित्रबाट त्याग्नुपर्छ भन्ने मान्यता राख्नु पर्छ ।

प्रतिकृया